images
images
  • प्रधानमन्त्री ओलीका कारण बालिकाहरूले न्याय पाएनन् : मेयर बालेन

    • images पैसा
    • ३० भाद्र २०८१, आईतवार

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण बालिकाहरूले न्याय नपाएको बताएका छन् । उनले पीडित बालिकाहरुले प्रधानमन्त्रीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको बताएका हुन् ।

    शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले बाल दिवसको शुभकामना प्रधानमन्त्री ओलीलाई टक्र्याउने बताएका छन् । ‘पीडित बालिकाहरूले प्रम (खड्ग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो सुभकामना स्वयं प्रम ज्युलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला,’ मेयर बालेनले लेखेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्