images
images
  • प्रचण्डको चेतावनीः प्रतिपक्षलाई कमजोर नठान्नू, शक्तिको दुरुपयोग भए सडकसम्म उत्रिनसक्छौं

    • images पैसा
    • ११ भाद्र २०८१, मंगलवार

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन्।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताएका हुन्।

    उनले भने , ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ। त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु।’

    उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए। सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्