images
images
  • शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ

    • images पैसा
    • २० श्रावण २०८१, आईतवार

    पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् ।

    आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् ।

    ‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, यी झोले हुन् भन्ने, तिनीहरू बेठीक हुन् भन्ने धारणाले हामीले आज शिक्षामा खोजिरेहको गुणस्तरीयता पाउँदैनौँ’, उनले भनिन् ।

    शिक्षकहरुलाई लाञ्छना लगाउनेभन्दा कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्ने उनको तर्क छ।

    भट्टराईले शिक्षा ऐन विचाराधीन रहेको बताउँदै यो पारित भएपछि अहिलेका सबै समस्या विस्तारै समाधान हुँदै जाने जानकारी दिइन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्