images
images
  • सातौं च्याम्पियन भारतलाई हराउँदै पहिलो पटक श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

    • images पैसा
    • १३ श्रावण २०८१, आईतवार

    सातौं पटकको च्याम्पियन भारतललाई हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि पहिलो पटक जितेको छ।

    श्रीलंकालाई पहिलो उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गर्दा भारत ८ विकेटले पराजित भयो।

    आइतबार भएको उपाधि भिडन्तमा भारतले दिएको १६६ रनको चुनौती श्रीलंकाले ८ बल बाँकी हुँदै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो।

    श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।

    कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। कविशा दिल्हारी ३० रनमा अविजित रहिन्। भारतकी दिप्ती शर्माले १ विकेट लिइन्। त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय मद्दतमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

    स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन्। भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौरले ११ रनको योगदान गरिन्।

    श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट लिँदा सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले एक-एक विकेट लिए ।

    यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा चार संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो भने एक पटक बंगलादेश पराजित भएको थियो। यससँगै चार पटकको उपाधि भिडन्तमा ब्यहोरेको हारलाई पनि श्रीलंकाले तोडेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्