images
images
  • नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ ?

    • images पैसा
    • २५ चैत्र २०८०, आईतवार

    काठमाडौँ– नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्याय परिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो ।

    पदस्थापन हुने न्यायाधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रार, विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता, पुष्पराज पाण्डेलाई बाजुरा अदालतको श्रेस्तादार, शिवबहादुर थापापाल्पा जिल्ला अदालतको श्रेस्तादर, महेन्द्र बहादुर कार्कीलाई सर्वोच्चको उपरजिष्ट्रार, दिपक घिमिरेलाई उर्जा मन्त्रालयको कानुन अधिकृत र फणेश्वरी घिमिरेलाई सर्वोच्चको इजलास अधिकृतमा पठाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्