
काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ ।
चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ ।
चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको कार्यसूची यही चैत २७ गतेका लागि राखिएको हो । सो दिन अन्तराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गर्ने लगायतका कार्यसूचीपछि उपप्रधान तथा गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय गरिएको छ ।
गृहमन्त्रीले यो विधेयक प्रस्तुत गर्ने कार्यसूची यसअघि यही चैत २ गतेका लागि तय भएको थियो । त्यसदिन सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार गृहमन्त्री लामिछानेलाई विधेयक प्रस्तुत गर्न रोष्ट्रममा बोलाउनेवित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो ।
प्रमुख प्रतिपक्षीको अवरोधका कारण उक्त कार्यसूची अगाडि बढ्न पाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्