
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताए ।
खनालले भने– ‘अब यो हाम्रो पार्टीको मात्र होइन । सिंगो देशको नारा हुनुपर्छ । समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौँ । सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्यो भन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरुले नै देश बनाउनुपर्छ । हाम्रो देशका युवाहरु एकजुट, एकतावद्ध हुुनुहुनेछ ।’
उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताए । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्