
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पाँच वटा समूह बाट आएका सुझावलाई समेट्दै महासमितिमा पेस गरिएका ४ वटा प्रस्तावहरू पारित भएका हुन् ।
महासमितिले पारित गरे पनि यसको अन्तिमरुप भने केन्द्रीय समिति बैठकले दिने छ । महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाश शरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्